भदौ २४ । सिरियामाथि सैन्य कारबाही गर्न तयारी गरिरहेको अमेरिकाको सिनेटले अगस्ट १४ सिरियामा भएको भनिएको रासायनिक हमालाको भिडियो सार्वजनिक गरेको छ ।

ओबामा प्रशासनले सिनेटको इन्टेलिजेन्स कमिटिसमक्ष रासायनिक आक्रमणपछि छटपटाउँदै गरेका मानिसहरु देखाइएको भिडियो देखाइएको हो ।

सिनेटको इन्टेलिजेन्स कमिटीले ती भिडियोहरु आफ्नो वेबसाइटमा राखेको छ । बेवसाइटमा राख्नु अगाडी उक्त भिडियोलाई अमेरिकी टेलिभिजन सिएनएनले सार्वजनिक गरेको थियो ।

अमेरिकी सिनेट र अमेरिकी जनतालाई सिरिया प्रतिको हमालामा समर्थन जुटाउन ओबामा प्रशासनले यस्ता भिडियो सार्वजनिक गरेको बताइएको छ ।
भिडियोमा बालबालिका, महिला तथा पुरुषहरुको ददर्शनाक अवस्थामा देखाइएको छ । कतिपयले भिडियोलाई ग्राफिक बनाएको समेत भनेका छन् तर अमेरिका भने सिरियामा रासायनिक हमाला भएको भन्दै सैन्य कारबाही गर्न तम्तयार भएर लागेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।