
जिटिभीको ‘बुद्ध’ सिरियलका कलाकारले यसअघि बुद्ध भारतमा जन्मिएको भन्ने अभिव्यक्ति दिएका थिए । तर पछिल्लो पटक टेलिसिरीयलका कलाकार कविर बेदीले उक्त अभिव्यक्तिप्रति माफी माग्दै भगवान बुद्धको जन्म नेपालको लुम्बिनीमै भएको बताएका छन् । हो साथीहरु मैले गल्ती बोले, क्षमा दिनुस् उनले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन् – ‘मेरो कुराले ज-जसको भावनामा ठेस पुर्यायो उनीहरुसँग म क्षमा चाहन्छु ।’
गौतम बुद्धको जन्म, जीवन र उपदेशहरु समावेश भएको जीटिभीमा प्रसार हुने उक्त टेलिसिरियल प्रसारण आरम्भ अघिको कार्यक्रममा निर्माता बिके मोदि तथा कलाकार बेदीले बुद्धको जन्म भारतमा भएको उल्लेख गरेका थिए।
Comments