भदौ २४ । द्धन्द्धकालमा गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा पक्राउ परेका एमाओवादी कार्यकर्ता रामप्रसाद अधिकारीलाई अदालतले १० दिन थुनामा राख्न आदेश दिएको छ ।
आवश्यक कानुनी कारबाहीका लागि आइतबार जिल्ला अदालत चितवन पुर्याईएका उनलाई १० दिन थुनामा राख्न आदेश दिएको हो ।
अधिकारीको २०६१ जेठ २४ गते पूर्वी चितवनमा अपहरणपछि हत्या भएको आफन्तको आरोप छ भने माओवादीले भने युद्धकालको उक्त घटना ब्युँताउन नहुने भन्दै सडक आन्दोलन समेत थालेको छ ।
छोराको हत्यामा संलग्नहरुलाई कारवाहीको माग गर्दै ४७ दिन लामो आमरण अनशन बसेपछि सरकारले अनुसन्धान प्रक्रिया अघि बढाएको हो । तर माओवादीले यसमा कडा आपत्ति जनाउँदै आएको छ ।