भदौ २३ । सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता शम्भु थापाको ल फर्मबाट राजश्व अनुसन्धान विभागले लगेका सर समान फिर्ता गर्न आदेश दिएको छ ।

थापाको ल फर्म लिगल एडभाइजरी फोरमको छानविन अघि नबढाउन पनि सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।

आफ्नो ल फर्ममा छापा मारेको भन्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश प्रकास वस्तीको इजलासले आइतबार फर्ममा छापा मारेर कम्युटरसमेत लैजानुको कारण माग गर्दै सर्वोच्चले प्रधानमन्त्री, मन्त्रिपरिषद् कार्यालय र अन्य विपक्षीका नाममा कारण देखाउ आदेशसमेत जारी गरेको हो ।

सर्वोच्चले विभागलाई २५ गतेसम्म थापालाई थमाइएको पत्र कार्यान्वयन नगर्न र फर्मका लगेका सरसामान भोलि नै फिर्ता गर्न अन्तरिम आदेश जारी गरेको हो ।

कर छलीको आशंकामा आन्तरिक राजश्व विभागले शुक्रबार थापाको ल फर्ममा छापा मारेर कम्युटर लगायतका समान लगेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।