यसअघि पनि नेपाल अफगानिस्तानसँगै सेमिफाइनलमा बाहिरिएको थियो । सन् २०११ मा भारतमा भएको साफ च्याम्पियनसिप फुटवलमा पनि अफगानिस्तानसँगै १-० ले नेपाल पराजित भएको थियो ।
आजको जितसँगै अफगानिस्तानले उपाधीका लागि अब फाइनल भिडन्त गर्ने भएको छ ।
आजका खेलका केही झलकहरु
8:24 – नेपाल १ शून्यले पराजित
8:22 -निर्धारित समय सकिन अब केही मिनेट मात्रै बाँकी । नेपाल अझै १ शून्यले पराजित । खेलमा निर्धारित समय सकिएर ७ मिनेट थप गरिएको छ ।
8:17 – अफगानी खेलाडी मैदानमा घाइते । मैदानमै उपचार हुँदै ।
8:15 – दशरथ रंगशालामा केही छिनको तनाब पछि नेपालले पुनः दोस्रो पेनाल्टी पाए पनि दुवै पेनाल्टी खेर फालेको छ ।
नेपाललाई डबल पेनाल्टी ।
8:12 – डिबक्स भित्रैबाट नेपाललाई पेलान्टी ।
8:11 – डिबक्स नजिकैबाट पाएको फ्रिकिक पनि नेपालले खेर फ्यालेको छ ।
8:02 – बिमलले एक्ले गोल पोष्ट नजिकै पुर्याएपनि साथी नपाएपछि विफल भयो ।
8:01 – पछिल्लो पटक नेपालले केही मुभ बनाए पनि गोल भने अझै हुन सकेको छैन ।
8:00 – नेपालको कर्नर प्रहार । भोलाद्धारा प्हार । पुनः कर्नर नेपालको । बल क्लियर ।
7:57 – एम्बुलेन्समा अफगानी खेलाडीलाई उपचारका लगिएपछि खेल सुरु भएको छ ।
7:55 – अफगानिस्तानका खेलाडी घाइते भएका छन् । एम्बुलेन्स मैदानमा लगिएको छ ।
7:54 – दर्शकहरु नेपाल नेपाल भनेर खेलाडीलाई हौसाईरहेका छन् ।
7:53 – म्याच रेफ्रीले फल दिए । मध्यभागबाट नेपालले फ्रिकिक हान्यो । सफल भएन ।
7:48 – विमल घर्ती मगर मैदान प्रवेश ।
7:39 -नेपालले डिबक्स नजिकै फ्रिकिक पायो । तर गोल बाहिरियो ।
7:32 – दोस्रो हाफ सुरु भएको छ ।
7:19 – नेपालले लगातार दबाब दिईरहेको भए पनि गोल गर्न भने सफल हुन सकेन । पहिलो हाफ सकिएको छ । नेपाल १ गोलले पछाडी छ ।
7:17 – पहिलो हाफमा २ मिनेट थप ।
7:17 – अफगानिस्तानको प्रहार नेपाली पोष्ट भन्दा माथिबाट ।
7:16 – नेपाललाई कर्नर । जुमानुको गोललाई बाहिर पठाईदिए ।
7:11 -नेपाललाई पुनः कर्नरको अवसर । तर बल गोल रक्षकले नियन्त्रणमा लिएका छन् । नेपालले राम्रा तीन मौका पाएको थियो ।
7:09 – नेपाललाई कर्नरको अवसर । बल फ्रेम भन्दा बाहिरबाट गयो ।
7:06 – सन्दिपले राम्रो फ्रिकिक प्रहार गरे पनि गोल सिँधै गोलरक्षकको हातमा ।
6:59 – नेपाली खेलाडी होचा र अफगानी अग्ला भएकाले अफगानले बढी हाई खेल खेलिरहेको छ ।
6:56- नेपालले गोल खाएपनि झनै आक्रमक भएको छ । अफगान डिफेन्समा बसेर खेलिरहेको छ ।
6:55 – डिबक्स नजिकै पाएको फ्रिकिकबाट पनि गोल हुन सकेन ।
6:49 – नेपालका रोहित चन्द घाइते भएका छन् ।
6:42 – अफगानिस्तानले गोल गरेको छ । गोलकिपर अगाडी बढेको बेला अफगानले गोल गरेको हो ।
6:40 – सन्दिपको लामो प्रहार झण्डै झण्डै गोलमा परिणत
6:40 – गोल सिँधै गोलकिपरको नियन्त्रणमा ।
6:39 – अफगान कर्नर हान्दै । किरणले पज गरिदिए । पुनः कर्नर पायो अफगानले ।
6:36 – दुवै पक्ष मुभ बनाउने पक्षमा देखिन्छन् । दुवै टोलि आक्रमक रुपमा खेलिरहेका छन् ।
6:34 – अफगानले हानेको फ्रिकिक गोलकिपरद्धारा सहजै नियन्त्रण ।
6:32 – नेपालको सुरुमै कर्नर पाएको छ ।
6:30 PM – नेपाल र अफगानिस्तानबीचको सेमिफाइनल भिडन्त सुरु
6:27 PM – नेपालको राष्ट्यि धुन बज्न सुरु भएको छ ।
6:25 PM – अफगानी खेलाडीहरु नेपालको तुलनामा निक्कै अग्ला खेलाडी देखिन्छन् ।
6:25 PM – राष्ट्रिय धुन सुरु गरिएको छ । पहिलो अफगानीको ।
6:21 PM – दशरथ रंगशालाको खेल मैदानमा नेपाल र अफगानीस्तानको झन्डा प्रवेश गराइएको छ । अब ९ मिनेटपछि खेल सुरु हुनेछ ।
6:18 PM – नेपाल र अफगानिस्तानबीचको पहिलो खेल अन्तर्गत नेपाल र अफगानिस्तान अब केही समयमै आमनेसामने हुँदैछन् ।









