भदौ २२ । हिन्दू  नारीहरुको  महान चार्ड तिजको पुर्व सन्ध्यामा  आज  दरखाने दिन ।
आजैका दिनबाट  नेपाली महिलाको  तीज भित्रिएको मानिन्छ ।  आजका दिन बिवाहित मइतीघरमा  गएर  मिठा मिठा  खानेकुराका  परिकारका  बनाएर साझ  दर  खाने चलन  रहेको छ ।
 दर खएपछि नारीहरुको महान चार्ड तीज सुरु भएको मानिन्छ ।  आजका  दिन  आफ्ना चेलीबेटीलाई  जम्मा  गराई  दर खुवाउने  चलन  रहेको छ। दर खाएको भोलिपल्ट निराहार व्रत  बसी   तीज गीत  गाएर नाचगान  गरी  हर्षोल्लासपूर्वक मनाउने गरीन्छ ।
धार्मिक  मान्यता अनुसार  देबी  पार्वतीले  भगवान शिवलाई  स्वामी  बनाउन पाउँ  भन्दै   ब्रत बसेकी  थिईन ब्रतपछि  उनले शिब  पाएको धार्मिक  परम्पराअनुसार  आज दर  खाएर भोली ब्रत  बस्ने गरिन्छ । साथै अबिवाहितले असल पति  पाउँ भनी र  विवाहितहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने  परम्परा  चलिरहेको छ ।
  
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।