भदौ २२ ।आगामी संविधानसभा निर्वाचनपछि प्रधानमन्त्री बन्न पाऊँ भन्दै पूर्वउपप्रधानमन्त्री तथा लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारले शुक्रबार दक्षिणकाली मन्दिरमा बोका काटेका  छन ।

 शुक्रबार बिहान नौ बजे दक्षिणकाली गएका गच्छादारले मन्दिरमा करिब १५ मिनेट पूजाआजा पनि गरेका थिए ।पूजा गरेपछि उनले बोकाको बलि दिएको एक कार्यकर्ताले बताए ।
ती कार्यकर्ताका अनुसार गच्छदारले प्रधानमन्त्री हुन पाऊँ भन्दै दक्षिणकाली भगवतीसँग आशिर्वाद मागेको आजको  नयाँ पत्रिकामा खबर  छ ।
वरिपरि उपस्थितिले समेत सुन्नेगरी उनले ‘प्रधानमन्त्री हुन पाऊँ’ भनेर वरदान मागेका थिए ।

 पहिले आफैले निधारमा टिका लगाएका उनलाई पछि सहयोगि र कार्यकर्ताले लगाइदिएका थिए। मन्दिरमा चढाइएको बोका पार्टी कार्यकर्ताले फर्पिङमा ल्याएर प्रसाद भन्दै काटेर खाएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।