भदौ २२ । एकीकृत माओवादीले आह्वान गरेको काठमाडौं, गोरखा र चितवन बन्द फिर्ता लिएको छ । 
हिन्दू महिलाहरुको पर्व तिजको दर खाने दिन आज परेकाले बन्दको ठाउँ ठाउँमा अवज्ञा सुरु भएसँगै र तीजको दर खाने दिन बन्द गरिएको भन्दै चौतर्फी विरोध भएपछि माओवादीले बन्द फिर्ता लिएको हो ।

राजधानीको कलंकी लगायत केही ठाउँमा महिलाहरुले बन्दकर्ताको झण्डा समेत खोसेर प्रतिकारमा उत्रिएका थिए । बन्दको चौतर्फी विरोध भएपछि मध्याह्न १२ बजेदेखि  माओवादीले बन्द फिर्ता गरेको हो ।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी रामप्रसाद अधिकारीलाई पक्राउ गरेको विरोधमा एकिकृत नेकपा माओवादीले  अकस्मात रुपमा ८  बजे देखी बन्दको घोषणा गरेको थियो ।
 गएराती,  प्रहरीले हत्याका आरोपी अधिकारीलाई राजधानीबाट पक्राउ गरी  अनुसन्धानको लागी  चितवन  लगिएको विरोध स्वरुप एमाओवादीले  तीन  जिल्ला बन्द गराएका हुन् ।
लामो समय सम्म छोराको हत्यारालाई कारबाही माग गर्दै वीर अस्पतालमा अमरण अनसन बसेका नन्दलाल र  गंगामायाले  छारोको  हत्यारालाई कारवाहीको माग सहित अनसनमा  रहेका छन् । उनीहरुको  स्वास्थ्य  दिन प्रतिदिन चिन्ताजनक हुदै गएको छ ।
बन्दप्रति जनतामा तिब्र असन्तुष्टि र आलोचना बढेपछि मध्यान्ह १२ बजेपछिबाट बन्द फिर्ता लिने  एमाओवादीले जनाएको छ ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।