काठमाडौं १५ मंसिर
सरकारले आज सार्वजनिक बिदा दिएको छ । अकस्मात् सरकारले देशभर र विदेशस्थित नेपाली नियोगमा समेत सरकारी कार्यालय बन्द रहने गरी बिदा दिएपछि सबैतिर के को बिदा भनेर खुल्दुली समेत रहेको पाइएको छ ।
खासमा सरकारले इस्लाम धर्मावलम्बीका प्रवद्र्धक हजरत महम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिएको हो । हजरत इस्लाम धर्मका दूतका रुपमा मानिए पनि सार्वजनिक बिदा नै दिन नपर्ने भन्दै यसको बिदाको विरोध समेत भईरहेको छ ।
सरकारले मुस्लिम समुदायको भोट बटुल्न यस्तो निर्णय गरेको आरोप समेत विपक्षीले लगाएका छन् ।
सरकारले शुक्रबार नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगमा समेत सार्वजनिक बिदा दिने निर्णय गरेपछि कपितयले अब राम सिता, सरस्वती, गणेश लगायत भगवागनको दिन बिदा दिए ३६५ दिन नै सार्वजनिक बिदा हुने भयो भनेर सरकारको खिल्ली समेत उडाएको पाइएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।