भदौ । समूह विजेता नेपालले फाइनल यात्रा तय गर्न सेमिफाइनलमा अफगानिस्तानसँग भिडन्त गर्नुपर्ने भएको छ ।

राजधानीमा जारी आठौं संस्करणको साफ च्याम्पियनसिप फुटबलको पहिलो सेमीफाइनलमा आइतबार यी दुई टोलि आमनेसामने हुने भएका छन् ।

शुक्रबार समूह चरण अन्तर्गत अन्तिम खेलमा अफगानिस्तानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि समूह बीबाट उपविजेताका रुपमा अफगानिस्तानले नेपालसँग भिडन्त गर्नुपर्ने छ भने समूह बीको विजेता माल्दिभ्स भने भारतसँग भिड्नेछ ।

आज अफगानिस्तान र माल्दिभ्स गोलरहित बराबरी खेलेपनि गोल अन्तरले माल्दिभ्स समूह विजेता बन्न सफल भएको हो ।

यस्तै, आजै समूह बीबाट बाहिरिएका श्रीलंका र भुटानबीच भएको खेलमा श्रीलंकाले भुटानलाई ५–२ गोल अन्तरमा हराएको छ । यो खेलसँगै उनीहरुको साफ च्याम्पियनसिपको यात्रा टुंगिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।