भदौ २१ । अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी निर्वाचन जाने पक्कापक्की भएको छ ।
उच्चस्तरीय राजनीतिक समिति र उक्त पार्टीबीच आज आन्दोलनका सबैकार्यक्रम फिर्ता गर्ने लगायत पाँच बुँदै सहमतिमा हस्ताक्षर भएको हो ।
बिहीबार बेलुकै सहमति भएपनि समितिका संयोजक सुशील कोइराला उपत्यकामा नरहेकाले आज बिहान हस्ताक्षर गरिएको हो ।
हस्ताक्षरित पाँच बुँदे सहमतिमा संविधानसभाको सदस्य संख्या ६०१ हुने, सभासद रहेका दलहरुसहितको सर्वदलीय बैठक हुने, संविधान सभामा सहमति भएका विषयहरुको स्वामित्व लिने, विदेशमा रहेकालाई निर्वाचन अधिकार दिइने तथा आन्दोलनका सबै कार्यक्रम फिर्ता गर्ने रहेका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।