भदौ २१ । आर्थिक वर्ष ०६९०७० मा जिल्ला वन कार्यालय जुम्लाले जडीबुटीबाट मात्रै रु ५७ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

जुम्लाबाट निकासी गरिएका २३ प्रजातिका जडीबुटीमध्ये परिणाम थोरै भएपनि
यार्सागुम्बाबाट  १७ लाख ६२ हजार, गुच्ची बाट १ लाख ३६ हजार, जटामसीबाट  १८ लाख र धुपीबाट २ लाख ४९ हजार ६८२ राजस्व सङ्कलनराजस्ब कार्यलय जुम्लाले जनाएको छ ।
jadibti
जडीबुटी बिक्रीबाट सङ्कलित राजस्वमध्ये जम्मा रकमको १० प्रतिशत पाँच लाख ७२ हजार जिविस जुम्लामा जम्मा गरिएको र बाँकी ९० प्रतिशत सरकारको सञ्चित कोषमा पुगेको छ ।

साथै यस आव ०७०÷७१ को श्रावण महिनामा यार्साबाट करिब रु १३ लाख ७२ हजार २५० राजस्व सङ्कलन भइरहेको  जुम्ला राजश्व कार्यलयले बताएको छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।