देशमा सरकारले मंसिर ४ का लागि निर्वाचनको मिति घोषणा गरेपछि सरगर्मी बढेको बेला चुनावी मन्त्रीपरिषदका अध्यक्षकै नेतृत्वमा सरकार सरकारी व्यक्तित्वहरु विदेश जान लागेका हुन् ।
उक्त टोलिले राष्ट्रसंघको ६८ औं महासभामा असोज ४ देखि १४ सम्म भाग लिने बताइएको छ ।
राष्ट्रसंघमा नेपालको प्रतिनिधित्व जसले गर्दा हुने भएपनि चुनावको मुखैमा उनीहरु भने विदेश हाकिन लागेका हुन् ।
यसअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला २०५१ कात्तिकमा आमनिर्वाचन गराउने क्रममा महासभामा भाग लिएका थिएनन् । सो बेला राष्ट्रसंघमा तत्कालीन अर्थमन्त्री महेश आचार्यको नेतृत्वमा प्रतिनिधि मण्डल पठाएका थिए ।
तर अहिले देशमा निर्वाचन हुने या नहुने तथा यथास्थितिमा चुनाव गराउन नदिने भन्दै वार्ताका लागि पनि तयार रहेको भन्दै आन्दोलनरत वैद्य मोर्चासँग छलफल गरेर विषय टुंग्याउनुपर्ने महत्वपूर्ण क्षण छाडेर सरकार प्रमुख नै गृहमन्त्रीलाई लिएर विदेश जान लागेका हुन् ।
यस घटनाले मंसिर ४ मा चुनाव नहुने भएर त उनीहरु यसरी विदेश हाकिन लागेका त होइनन् भनेर शंका समेत जन्माईदिएको छ ।
सरकार प्रमुख र गृहमन्त्री एघार दिन लामो भ्रमणमा जाँदा चुनाव तयारीमा नकारात्मक असर पर्ने चिन्ता निर्वाचन आयोगका अधिकारीले गरेको आजको कान्तिपुरले खबर छापेको छ ।







