भदौ २१ । डेढ महिनाअघि गाउँलेले कालो मोसो दलेर जुत्ताको माला लगाई दुव्र्यवहार गरेपछि विस्थापित मोरङको बेलबारी-
३ की माया सार्की बिहीबार घर फर्केकी छन् ।

 मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको नेतृत्वको टोलीले मायालाई फूलमालासहित पुनःस्थापना गरेको छ ।

राष्ट्रिय मानव अधिकार, दलित आयोग, सञ्चारकर्मीसहित एक दर्जनभन्दा बढी प्रतिनिधिहरूले मायालाई घर भित्र्याएका  छन् ।

उनलाई कालो मोसो दलिएको स्थानमै फूलमाला र  अबिर दलेर गाउँमै लगेर पुनस्थापित गरिएको छ । अबिर र फूलमाला लगाउँदा मायाले हर्षका आँसु खसालेको कान्तिपुर दैनिकमा  खबर  छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।