भदौ २० । भारतलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपाल आठौँ साफ च्याम्पियनसिपको सेमिफाइलनमा प्रवेश गरेको छ ।

नेपालले भारतको राष्ट्रिय टिमलाई २० वर्षपछि पहिलो पटक बिहीबार दशरथ रंगशालामा हराएको हो ।  २० वर्षमुनिको टोलीलाई फुटबलको सर्वोच्च संस्था फिफाले गणना नगर्ने हुँदा यो खेलसँगै २० वर्षपछि नेपालले भारतलाई पराजित गरेको हो ।

दशरथ रंगशालामा बिहीबारभएको खेलमा नेपालका लागि अनिल गुरुङ र जुमानु राईले एक/एक गोल गरेका हुन् ।

खेलको ६८ औ मिनेटमा सन्दिप राईको फ्रि किकमा अनिल गुरुङले गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछि ८० औ मिनेमा जुमानु राईले अर्को आकर्षक गोल गरेर दोब्बर पारे ।

 आजको जितपछि नेपाल समुह विजेता र भारत उपविजेता बन्दै अन्तिम चारमा पुगेका छन् ।

खेलमा नेपालका स्ट्राईकल अनिल गुरुङ म्यान अफ दि म्याच घोषित भएका छन् ।

आजै, राजधानीको हलचोकमा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई २-१ ले हराएको थियो । बंगलादेशलाई हराएर पाकिस्तानले पनि भारतकै जति समान गोल तथा समान अंक चार जोडे पनि यसअघि पाकिस्तान भारतसँग हार बेहारेकाले सेमिफाइनलमा नपरेको हो ।

अब भोलि, समूह बी अन्तर्गत, माल्दिभ्स र अफगानिस्तानको भिडन्त हुनेछ । उक्त खेलमा भुटान र श्रीलंकाले सेमिफाइनलका लागि आफ्नो यात्रा टुंग्याईसकेका छन् । त्यसैले समूह विजेता तथा उपविजेताका लागि मात्रै उक्त खेल हुनेछ ।

आज दशरथ रंगशालामा नेपाल भारतबीचको खेलको मुख्य मुख्य कमेन्ट्री हेर्नुहोस्

5: 27 PM –  अनिल गुरुंग  म्यान द म्याच अफ घोषित भएका छन् ।

5: 18 PM – भारतले नेपालका लागि एक गोल फिर्ता गरेको छ । २ मिनेटको इन्जुरी टाइम थपिएसँगै भारतले १ गोल गरेको हो ।

5: 16 PM – बिमल घर्ती मगर मैदान प्रवेश । पाकिस्तान विरुद्ध अन्तिम समयमा गोल गरेर उनी चर्चामा छन् ।

5: 14 PM –२ गोलले पछाडी परेपछि भारतीय खेलाडी पूरै दबाबमा परेका छन् । उनीहरु आक्रमक रुपमा खेलिरहेका छन् ।

 5: 11 PM – सन्दिपले राम्रो बचाऊ गरे । भारत थ्रो हान्दै ।  सिँधै गोल किपरको हातमा ।

 5: 10 PM – रविन डिबक्स भित्रैबाट पास दिएका थिए । त्यसलाई वान टच पास गर्दै जुमानुले जाली चुमाएका हुन् ।

 5: 07 PM – दोस्रो गोल नेपालको हुरेरे ! जुमानुले नेपालको तर्फ दोस्रो गोल गरेका हुन् ।

 5: 04 PM – नेपालले फ्रिकिक हानेको छ । सन्दिपको प्रहार हाई गयो ।

5: 03 PM – नेपालको राम्रो प्रहार गोल किपरले बचाएका छन् ।

5: 02 PM – नेपालले २००५ पछि भारतविरुद्ध साफमा पहिलो गोल गर्न सफल भएको हो ।

5: 56 PM – सन्दिप राईको प्रहार बारमा ठोकिएपछि अनिल गुरुंगले त्यसलाई गोलमा परिणत गरिदिएका छन् ।
5: 56 PM – गोललललललललललललललल

5: 52 PM – जुमानुलाई मैदानमा लडाईएको छ ।  नेपाललाई फ्रिकिक । जुमानु उठेर अघि बढे ।

5: 52 PM – नेपाली टोलि परिवर्तन । फिड फिल्डर बिक्रम राजु तामाङको स्थानमा मैदानमा ।

5: 46 PM – नेपाली गोल किपरले प्रहार गरेको गोल सिँधै विपक्षीको पोष्टमा पुगेको छ ।

5: 44 PM – भारतीय खेलाडी परिवर्तन । भारतीय कप्तान सुनिल क्षेत्रीले ऐले कार्ड पाएका हुन् ।

5: 43 PM – भारतीय खेलाडीले ऐले कार्ड पाएका छन् ।

5: 39 PM –  नेपालले एक पछि अर्को मुभ बनाएर विपक्षीको पोष्ट चार्ज गर्ने प्रयास तिब्र बनाएर लगेको छ । भारतीय डिफेन्स पूरै व्यस्त देखिएका छन् ।

5: 37 PM – नेपालले दोस्रो हाफमा लगातार विपक्षीको पोष्ट छेउछाउ बल कुदाईरहेको छ ।

5: 35 – नेपालले कर्नर प्रहार गर्दै । तर क्लियर गरिदिएका छन् भारतीय खेलाडीले ।

तस्वीरः किरण न्यौपाने, ट्विटर

5: 33 – भोलाले राम्रो प्रहार गरेपनि गोल किपरले समात्न सफल भएका छन् ।भोलाले राम्रो प्रहार गरेपनि गोल किपरले समात्न सफल भएका छन् ।

5: 32 – दोस्रो हाफ सुरु भएको छ ।नेपालले सुरुमै थ्रो पाएको छ । त्यसलाई क्लियर गरिसकेका छन् ।

पहिलो हाफ सम्पन्न, नेपाल भारत गोलरहित बराबरी

5:16 – पहिलो हाफका लागि थप गरिएको अब एक मिनेट बाँकी  ।

5:15 – नायक आर्यन सिग्देल, कलाकार जितु नेपाल तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहाल पनि दशरथ रंगशाला पुगेर नेपालको पक्षमा हुटिंग गरिरहेका छन् ।

5:12 – उता, हलचोकमा जारी बंगलादेश र पाकिस्तानबीचको खेल १ १ गोलको बराबरीमा चलिरहेको छ ।

5:10 – पहिलो हाफको अन्तिम मिनेटमा कुनै पक्षले पनि गोल गर्न सकेका छैनन् । दुवै टोलि दबाबमा देखिएका छन् ।

5:01 – नेपालले डिबक्स नजिकै फ्रिकिक पाएको छ । गोल किपरको हातमा बल सोझै ।

3:58 –  जगजितको स्थानमा जुमानु राई मैदान प्रवेश गरेका छन् ।

3:55 –  खेलको २५ औँ मिनेट सकिएको छ । दुवै टोलिले गोल गर्न सकेका छैनन् ।

3:54 – कर्नरलाई नेपालले सदुपयोग गर्न सकेन । थ्रो पाएको छ जसलाई क्लियर गरिदिएका भारतीय खेलाडीले ।


3: 53 PM – नेपालले कर्नर पाएको छ ।

3: 45 PM –  भारतीय खेलाडीलाई पहिलो पहेँलो कार्ड ।


नेपालले कर्नर पाएको छ । उक्त गोललाई पोष्ट प्रहार गरिए पनि गोल हुन भने सकेन । किपरले पच गरेर गोल बचाईदिएका छन् ।

3:39 PM – रोहितको बल आकासियो ।

 
3:39 PM – नेपाली टोलिले बिच भाग कटाएर भारतीय पोष्टतिर बल बढाउने बित्तै दर्शकहरुको समर्थनले पूरै रंगशाला गुन्जयमान भईरहेको छ ।

3:37 PM –  आजको खेल बराबरी खेलेमा दुवै टोलि सेमिफाइनलमा सहजै प्रवेश गर्नेछन् । तर कुनै टिम हारेमा सेमिफाइनल यात्रामा अवरोध हुने सम्भावना पनि छ । अहिले नै हलचोकमा पनि पाकिस्तान र बंगलादेशबीच खेल भईरहेको छ ।

3:34 PM – नेपालले सुरुदेखि नै आक्रमण खेल खेलिररहेको छ ।

 
3:30 PM – साफ च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलका लागि नेपाल र भारतको खेल सुरु भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।