भदौ १९ । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले संविधानसभाको निर्वाचन भाड्ने ग्राईण्ड डिजाईनरहरुले विगत ४४ दिनदेखि आमरण अनसनमा बसिरहेका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीलाई उकासेको दाबी गरेका छन् ।

बुधवार काठमाडौंमा आयोजित साक्षात्कारमा प्रबक्ता सपाकोटाले परिवर्तनको विरोधमा रहेकाहरुले विगतदेखिनै आन्दोलनबाट प्राप्त उपलब्धि तुहाउन प्रयास गर्दै आए पनि नसकेपछि अहिले चुनावको मुखमा आएर अधिकारी दम्पत्तिलाई उकासेर आरोप लगाए ।
द्धन्दकालका सबै घटना ब्यूताउने हो भने को को जेलमा हुन्छन त्यसको लेखाजोखा गरिसाध्य नहुने बताउदै सापकोटाले काग्रेस एमालेका सबै नेताहरु जेल जान तयार भएमा अधिकार विषय कोट्याउँदा हुने चेतावनी दिए ।
साक्षात्कारमा नेपाली काग्रेसका नेता अर्जुन नरसिह केसीले अधिकारी दम्पतिको जीवन रक्षा गर्नु राज्यको कर्तब्य भएको भन्दै सत्य निरुपण आयोग नबन्दासम्म दोषिमाथिको कारवाही प्रक्रिया अघि बढाउनु पर्ने बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।