भदौ १९ । केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेटले सुविसु क्यान सफ्टटेक २०१३ मा निशुल्क इन्टरनेट प्याक योजना ल्याएको छ ।

फ्रि इन्टरनेट प्याक योजना अन्र्तगत सुविसु करबाहेक एक हजार रुपैयामा २ सय ५६ केविपिएस क्षमताको ब्रोडव्याण्ड इन्टरनेटका साथै केवल टिभि च्यानल प्राप्त गर्ने जानकारी दिएको छ ।

यो योजनामा एक वर्षको रकम अग्रिम भुक्तानी गरे तीन महिनाको थप सेवा, तीन हजार रुपैया बराबरको केवल मोडेम र पेन ड्राइभ पनि निःशुल्क रुपमा प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै अर्ध वार्षिक भुक्तानीमा एक महिना थप  सेवाका साथै तीन हजार रुपैयाको केबल मोडेममा १० प्रतिशत छुट र एउटा पेन ड्राइभ निःशुल्क प्राप्त गर्ने, कम्पनीले जानकारी दिएको छ । यो योजना काठमाडौं उपत्यका भित्र भदौ १९ देखि भदौ २२ गतेसम्म सञ्चालन हुने सुविसु क्यान सफ्टटेकमा साथै घरायसी प्रयोजनको अनलिमिटेड प्याकेजमा उपलब्ध हुने जानकारी दिइएको छ ।

 सुविसुले क्यान सफ्टेक २०१३ मार्फत नेपालमा पहिलो पटक म्यानेज्ड भिडियो प्रेजेन्स सेवाको समेत शुरुवात गरेको कम्पनीले दावी गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।