भदौ । नेपाली कथानक चलचित्र राजनीतिले पिजी सर्टिफिकेट पाएको छ ।

सेन्सर बोर्डले चलचित्रलाई उक्त सर्टिफिकेट दिएसँगै अब १६ वर्ष मुनिका बालबालिकाले यो फिल्म हेर्न अभिभावकको साथमा हलमा जानुपर्ने भएको छ ।

चलचित्रका रहेका केही एक्सन सट र सुस्मा कार्कीको बोल्ड आइटम डान्सका कारण पिजी सर्टिफिकेट पाएको हो ।

बसन्त निरौलाको निर्देशनमा बनेको यस चलचित्रमा महानायक राजेश हमाल र कोमल वलीको रोमान्स रहेको छ । चलचित्रमा राजेश र कोमललाई श्रीमान, श्रीमतीको रुपमा देख्न सकिनेछ ।

दिपक सुवेदी र हरी पन्तको निर्माणमा बनेको यस चलचित्रमा दिपक सुवेदी, पवित्रा आचार्यलगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।