भदौ १९ । सरकारले मंसिर ४ लागि निर्वाचनको मिति घोषणा गरेपछि विवादमै रहँदै आएको यो विषय विवादितै रहेपनि निर्वाचनका पक्षधर दलहरु भने निर्वाचनका लागि पार्टी भित्रको तालमेल मिलाउन थालेका छन् ।

तालमेल मिलाउने क्रममा सबैभन्दा बढी विवादमा भने नेपाली कांग्रेस भित्र देखा परेको छ । मोरङबाट कांग्रेस नेतृ सुजाता कोइरालाको नाम सिफारिस नभए उनी कांग्रेसप्रति आक्रमक भएर खुलेखुलाम षड्यन्त्र भईरहेको बताइन् ।

यस्तै, काठमाडौँ ६ नम्बरबाट गगन थापाको नाम सिफारिस भएपछि उक्त विषय झनै विवादित नै रहँदै आएको छ ।

काठमाडौं क्षेत्र नम्बर– ४ बाट नाम सिफारिस गरिएका कांग्रेस केन्द्रीय सदस्य गगन थापाको उम्मेदवारी छनौटप्रति सोही क्षेत्रकै पूर्व सभाषद् सुप्रभा घिमिरेले विरोध जनाएपछि त्यहाँको विवाद अझै पनि कायम छ ।

यस्तै, अवस्थामा कांग्रेस सोलुको विवाद पनि सतहमै छल्किएर आएको छ । सोलुमा विवाद बढेर जाँदा दुई अलग अलग समूहले नाम सिफारिस गरी केन्द्रमा पठाएका छन् ।

केन्द्रीय सदस्य बलबहादुर केसीको नाम सभापति आङगेलु शेर्पा पक्षले सिफारिस नगरेपछि त्यहाँको विवाद झन् चुलिएर गएको छ ।

सभापति शेर्पा पक्षले मंगलवार उम्मेदवारहरुको नाम सिफारिस गरेर केन्द्रमा पठाएका थिए भने आज केसी निकटका जिल्ला सचिव भोजराज कार्कीले अर्को उमेदवारको नामवाली केन्द्रमा पठाएका छन् । केसीको नाम सभापति शेर्पा पक्षले सिफारिस नगरेकाले अर्को नामावली सिफारिस गरिएको जिल्ला सचिव कार्कीको भनाई छ ।

मंसिरमा तोकिएको निर्वाचन हुने वा नहुने भनेर अझैसम्म पनि सुनिश्चित भईनसकेको अवस्थामा दलहरु भित्र उम्मेदवार चयनका विषयको किचलो भने कांग्रेसमा मात्रै नभएर अरु दलहरुमा पनि झनै झामिदै गएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।