भदौ १९ । अन्तर्राष्ट्रिय बजारमा आएको सुनको भाउमा उतार चढाव र डलर पनि बढीरहेकाले नेपाली बजारमा सुनको मुल्य स्थिर बन्न सकेको छैन ।

त्यस्तै आज नेपाली बजारमा सुनको मूल्य तोलाको एक हजार २ सय रुपैयाँले बढेर प्रतितोला ६१ हजार पाँच सय रुपैयामा कारोवार भइरहेको छ ।

केही दिन अघि मात्रै ऐतिहासिक महंगोमा कारोबार भएर सुनको मूल्य पुनः तल झरेकोमा अहिले भने क्रमशः उकालो चढ्न थालेको हो ।

करिब ६ महिना अगाडी ४८ हजारसम्म झरेको सुनको मूल्य केही दिन अगाडी मात्रै ६३ हजारको हाराहारीमा पुगेको थियो ।

यसैगरी, नेपाली बजारमा आज चाँदीको मुल्यमा पनि १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ६० रुपैयाँमा कारोवार भईरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।