भदौ १९ । निजी मेडिकल कलेजले चिकित्सा विज्ञान ९एमबीबीएस० अध्ययनका लागि ४० लाख रुपैयाँ शुल्क तोकेको छ ।
शिक्षा मन्त्रालयले निर्धारण गरेको शुल्क कार्यान्वयन नगरी निजी मेडिकल कलेजले यस्तो शुल्क तोकेको हो ।
यसअघि शिक्षा मन्त्रालयले एमबीबीएस अध्ययनका लागि ३१ लाख रुपैयाँ तोके पनि विद्यार्थीले ३७ लाखसम्म तिर्दै आएका थिए, अब भने ४० लाख तिर्नुपर्ने भएको छ ।
मन्त्रालयले तय गरेको शुल्कमा अध्यापन गराउन नसकिने भन्दै निजी मेडिकल कलेज सञ्चालक आबद्ध ‘एसोसिएसन अफ डेन्टल एन्ड प्राइभेट कलेज’का अध्यक्ष डा. सुरेश कनौडियाले यो वर्षका लागि ४० लाख रुपैयाँ शुल्क निर्धारण गरिएको बताएको आजको कारोबार दैनिकले खबर छापेको छ ।
एसोसिएसनले ४ वर्षको अवधिमा क्रमशः ३२, ३४ र ३७ लाख गर्दै यो वर्ष ४० लाख रुपैयाँ पुर्याएको हो ।
Comments







