भदौ १९ । एकीकृत नेकपा माओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग वाइसिएलको अध्यक्षमा पुनः गणेशमान पुन सर्वसम्मत निर्वाचित भएका छन् ।

गएराति सम्पन्न अधिवेशनले पुनको अध्यक्षतामा ३ सय ८९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

यस पटकदेखि वाइसिएल बहुपदीय प्रणालीमा गएको र आज बस्ने बैठकले उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायतका पदाधिकारी चयन गर्ने वाइसिएलले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।