भदौ १८ । दक्षिणी छिमेकमा रहेको भारत सिक्किममा पाँच जना नेपालीभाषीको पहिरोमा पुरिएर ज्यान गएको छ ।

सिक्किमको पश्चिम क्षेत्र योक्सम टासिडिङ भन्ने स्थानमा सोमबार राति पहिरोमा परी उनीहरुको मृत्यु भएको हो ।

वर्षापछि बाढीले क्सम टासिडिङस्थित नेपाली वस्तीका ५७ वर्षीया ईन्द्रमाया राई, उनका छोरा १८ वर्षे सजन राई, बुहारी देशमाया राई, २ महिनाको नाती र छिमेकी तिमरुङ गाउँका वीरवहादुर सुब्बाको मृत्यु भएको हो ।

घटनामा दर्जनौं नेपालीभाषी घाइते तथा फसेको र उनीहरुको खोजी कार्य तथा उपचार भईरहेको भारतीय मिडियाले जनाएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।