भदौ १८ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत पाकिस्तानसँग आज भएको नेपालको खेल १-१ गोलमा बराबरी भएको छ ।

यो सँगै नेपालको सेमिफाइनलको यात्राको सम्भावना अझै उच्च नै रहेको छ । नेपाल समूह चरणमा गोलका आधारमा अहिले पनि सबैभन्दा माथि छ । 

भारत र नेपालको अंक चार/चार समान भएपनि गोलका आधारमा नेपाल अगाडी छ भने पाकिस्तान र बंगालदेशको १/१ समान अंक छ ।

आजको खेलमा नेपालका लागि १६ वर्ष मुनिका खेलाडी विमल घर्तीमगरले निर्धारित ९० मिनेटको खेल सकिएर थप गरिएको ४ मिनेटको पहिलो मिनेटमै गोल गरेका थिए ।

झण्डै १९ हजार दर्शकमा माझ उनले अन्तिम समयमा गोल गरेपछि रंगशाला पुरै गुन्जयमान भएको थियो । अब नेपालले समूह चरण अन्तर्गत अन्तिम खेल भारतसँग खेल्नेछ ।

यसैबीच, आजै भएको पहिलो खेलमा पनि भारत र बंगलादेश १ १ को बराबरीमा रोकिएका छन् ।

 8:21 PM – नेपालले गोल गरेपछि रंगशाला पूरै तातेको छ ।

8:20PM –  नेपालका विमल घर्ती मगरले निर्धारित समय सकिएपछि थप गरिएको ४ मिनेटको पहिलो मिनेटमै गोल गरेका हुन् ।

गोललललललललललललललललल

8:14 PM- खेल अन्तिम पाँच मिनेटमा ।

8:08 PM- राजुको स्थानमा जगजित मैदानमा

8:07 PM- पहिलो खेलमा बंगलादेशलाई २ ० गोल गरेको नेपाल, आजको पााकिस्तानसँगको खेलमा गोलरहित १ गोलले पछाडी परेर खेलिरहेको छ ।

8:00 pm- मैदान बाहिर निस्कन ढिलो गरेपछि मोहम्मद रियालाई पहेलो कार्ड ।

7:55 PM- पुनः नेपाली टोलि परिवतर्न भएको छ । टंक बस्नेतको स्थानमा विमल घर्तीमगर मैदान प्रवेश ।

7:50 PM- नेपालले एकपछि अर्को राम्रो अवसर पाएपनि गोल गर्न भने सकिरहेको छैन । हजारौँ दर्शकले नेपाल नेपाल भनेर हौसाईरहेका छन् ।

7:46 PM- नेपाल भन्दा ३ अंकले मात्रै माथि रहेको टोली हो पाकिस्तान । पछिल्लो पटक उसले खेलमा सुधार गरेको हो ।

7:40 PM- खेलले गति बढाएर लगेको छ । एउटाको पोष्टमा पुगेको गोल तत्काल नै अर्को पोष्टमा पुग्ने गरेको छ ।

7:35 PM- दोस्रो हापको खेल सुरु ।

7:18 PM- खेलको पहिलो हाफ सकिएको छ ।

– २ मिनेट थप गरिएको अन्तिम मिनेटमा नेपालले डिबक्स नजिकै फ्रिकिक पाए पनि गोल भएन ।

7:15 PM-  पहिलो हाफमा २ मिनेट थप गरिएको छ । नेपालले लगातार विपक्षीको पोष्टमा  प्रहार गरेपनि गोल हुन सकिरहेको छैन । पहिलो हाफमा पाकिस्तानसँग नेपाल १ गोलले पछाडी छ ।

7:13 PM- नेपालले केही कर्नर तथा फ्रिकिकको अवसर पाएपनि त्यसलाई गोल गर्न भने पछि परिरहेको छ । तर नअत्तालिई खेलेमा नेपाल खेलमा फर्कने सम्भावना धेरै छ ।

7:12 PM- नेपाली खेलाडीले मुभ बनाइरहँदा पाकिस्तानी खेलाडीले पनि गोल भेट्न साथ नेपाली पोष्टसम्म ल्याउने गरेका छन् । पाकिस्तानले गोल गरेपछि उ डिफेन्समा बसेर खेलिरहेको छ ।

7:09 PM-नेपाली खेलाडी परिवर्तन भएका छन् । अनिल गुरुङको स्थानमा टंक बस्नेत मैदान प्रवेश गरेका छन्

6:56 PM- नेपाली दर्शकहरुको हुटिङले रंगशाला पूरै गुन्जयमान छ ।

6:54 PM- पाकिस्तानी खेलाडी कालेमुल्लाह र वासिर नेपालविरुद्ध अझै पनि दबाब दिने प्रयासमा छन् । हजारौँ दर्शकको साथ पाएको नेपाली टोलीले पनि मुभ बनाएर गोलको प्रयास गरिरहेको छ ।
6:50 PM- खेलको २० औँ मिनेटमा नेपाल १ गोलले पछाडी परेर खेलमा फर्कन प्रयासरत छ ।

6:48 PM- पानी नपरे पनि ग्राउन्ड निक्कै चिप्लो देखिएको छ । गोल हान्दा पटक पटक लडिरहेका छन् ।
6:42 PM-  खेलको १२ औँ मिनेटमा नेपालले गोल खाएको छ । पाकिस्तानका खेलाडी हसन बसिरले १३ औं मिनेटमा सुन्दर गोल गरेका हुन् ।

6:40 PM-  खेल सुरु भएको १० मिनेट सकिँदा पनि कुनै गोल हुन सकेको छैन । तर, दुवै पक्ष गोल गर्न आतुर देखिएका छन् ।

6:36 PM- आजको खेलमा नेपाली टोलिमा किरण चेम्जोङ (गोलरक्षक), सागर थापा, सन्दिप राई, रबिन श्रेष्ठ, विराज महर्जन, रोहित चन्द, भरत खवास, भोला शिलवाल, अनिल गुरुङ रहेका छन् । चोटग्रस्त जगजित श्रेष्ठको ठाउँमा आज जुमान राईले खेलिरहेका छन् ।

6:34 PM- साफ च्याम्पियनसिप फुटबलको आफ्नो दोस्रो खेल अन्तर्गत नेपालले अहिले पाकिस्तानसँग खेल सुरु गरेको छ । राजधानीको दशरथ रंगशालामा खेल भईरहेको छ । दशरथ रंगशालाको क्षमता १८ हजार दर्शक रहेकोमा सबै भरिएका छन् । साढे ६ बजे हुने खेलका लागि आज तीन बजे नै रंगशालाको ढोका खोलिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।