भदौ १७ । सिरियामाथि सैन्य कारबाही चाँडै थाल्ने चेतावनी दिँदै आएको अमेरिकाले सिरियाको मेडिटेरनियन समुन्द्री इलाकामा लामो दुरीको क्षेप्यास्त्र प्रहार गरेको रुसले दाबी गरेको छ ।
उक्त समुन्द्रमा क्षेप्यास्त्र हानिएको कुरालाई इजरायलले समेत स्वीकार गरेको छ ।
तर, सिरियाले भने आफ्नो राडरले उक्त कुरा पत्ता नलगाएको बताएको छ । उता, अमेरिकाले पनि आफूले क्षेप्यास्त्र प्रहार गरेको कुरालाई अस्वीकार गरेको छ ।
तर, रुसी रक्षा मन्त्रालयले भने सिरियाको उक्त समुन्द्रमा दुई वटा विष्फोट भएको र उक्त विष्फोट अमेरिकाद्धारा लामो दुरीको क्षेप्यास्त्र प्रहार भएको दाबी गरेको छ ।
यसैगरी, इजरायलले समेत अमेरिकाले दुई मिसाइल प्रहार गरेको र उक्त मिसाइल अमेरिकाले परीक्षणका लागि प्रहार गरेको दाबी गरेको रुसी प्रख्यात अनलाइन आरटीले उल्लेख गरेको छ । तर यो विषयमा अमेरिका तथा ब्रिटिसका मिडियाहरु भने अहिलेसम्म मौन नै रहेका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।