भदौ १८ । हिन्दू धर्मालम्बीहरुको महान पर्व दशैं तिहारको अग्रिम बुकिङ टिकट असोज पहिलो सातादेखि खुल्ने भएको छ ।
उपत्यकाबाट दसैं-तिहारमा घर जाने यात्रुको सुविधाका लागि असोज पहिलो साताबाट बुकिङ खुल्ला गरिन लागिएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले असोज १ गतेबाटै टिकट बुकिङ खोल्ने गरी आन्तरिक तयारी गरिरहेको आजको नयाँ पत्रिकामा खबर छ ।

जसका लागि महासंघले ‘देशभरका व्यवसायीलाई गाडीको अवस्थाबारे जानकारी दिन खबर पठाईसकेको बताएको छ ।

घटस्थापनाको १५ दिन अघिबाट काउन्टर खुल्ला हुने गरी तयारी थालेको महासंघले जनाएको छ । यस बर्ष १९ असोजमा घटस्थापना परेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।