पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय समितिको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी रहेको केन्द्रीय कार्यालय (हेडक्वार्टर) निर्माण गरेको छ ।
बैठकले गोरखाको फुजेलका नन्दप्रसाद अधिकारी दम्पत्तीको अनसन तोडाउने बहानामा आफ्ना कार्यकर्ता पक्राउ नगर्न सरकारलाई चेतावी समेत दिएको छ ।
कुनै पनि कार्यकर्तालाई पक्राउ गर्न र वारेन्ट जारी नगर्न आग्रह पनि माओवादीले गरेको छ ।
केन्द्रीय वक्ता टोली गठन पनि गरेको उक्त बैठकले ब्यूरो ईञ्चार्जहरुमा पनि परिवर्तन गरेको छ । जसअन्तर्गत बनेको ब्यूरो भने यस्तो छ:
पूर्वाञ्चल ब्यूरो इन्चार्ज– बर्षमान पुन ‘अनन्त’
मधेश ब्यरो इन्चार्ज– रामचन्द्र झा
मध्यमाञ्चल ब्यूरो इन्चार्ज– कृष्णबहादुर महरा
पश्चिमाञ्चल ब्यूरो इन्चार्ज– टोपबहादुर रायामाझी
सुदुर पश्चिमाञ्चल ब्यूरो इन्चार्ज– शक्ति बस्नेत
अन्तराष्ट्रिय ब्यूरो इन्चार्ज– दीनानाथ शर्मा
सूचना तथा सञ्चार ब्यूरो इन्चार्ज– अग्निप्रसाद सापकोटा
बिशेष ब्यूरो इन्चार्ज– जनार्दन शर्मा
युवा परिचालन ब्यूरो इन्चार्ज– नन्दबहादुर पुन ‘पासाङ’
राज्य समितिमा भने ईञ्चार्ज र संयोजक रहने गरी दुई-दुई जनालाई जिम्मेवारी दिइएको छ ।
सेती–महाकाली राज्य इन्चार्ज– लेखराज भट्ट, संयोजक– खगराज भट्ट
भेरी कर्णाली राज्य इन्चार्ज– कालीबहादुर मल्ल, संयोजक– डिआर पौडेल
थारुवान राज्य इन्चार्ज– नवराज सुवेदी, संयोजक– जगप्रसाद शर्मा ‘अपार’
मगरात राज्य इन्चार्ज– लोकेन्द्र बिष्टमगर, संयोजक– गिरिधारीलाल न्यौपाने
तमुवान राज्य इन्चार्ज– भीमप्रसाद गौतम, संयोजक– हरि अधिकारी ‘कुमार’
नेवाः राज्य इन्चार्ज– देवेन्द्र पौडेल, संयोजक– झक्कुप्रसाद सुवेदी
तामशालिङ राज्य इन्चार्ज– विश्वभक्त दुलाल ‘आहुति’, संयोजक– नारायण दाहाल
अवध राज्य इन्चार्ज– चन्द्रप्रकाश खनाल ‘बलदेव’, संयोजक– वामदेव क्षेत्री
भोजपुरा राज्य इन्चार्ज– प्रभु शाह, संयोजक– छत्र श्रेष्ठ
मिथिला राज्य इन्चार्ज– बिश्वनाथ शाह, संयोजक– जोगकुमार बर्बरिया यादव
किरात राज्य इन्चार्ज– सुरेशकुमार राई, संयोजक– वालकृष्ण ढुंगेल
लिम्बुवान राज्य इन्चार्ज– टंक आङबुहाङ, संयोजक– हेमराज भण्डारी
कोचिला राज्य इन्चार्ज– गोपाल किराती, संयोजक– कुमार पौडेल
प्रवास राज्य इन्चार्ज– बिष्णुहरी शर्मा, संयोजक– टेकबहादुर पाठक
स्कूलिङ विभाग इन्चार्ज– स्वनाम साथी, सचिव– हेमन्तप्रकाश ओली
उत्पादन तथा सहकारी विभाग इन्चार्ज– हरिबोल गजुरेल, सचिव– डिल्लीराज खनाल
प्रचार प्रसार तथा प्रकाशन राज्य संयोजक– जोखबहादुर महरा ‘प्रताप’