भदौ १७ । सुन्दा अपत्यारिलो नै छ । तर घटना भने सत्य हो । जहाँ प्यालेष्टाइनमा एक जना १६ वर्षिय किशोरी एक दिनका लागि मन्त्री बन्न सफल भएकी छिन् ।
बशाएर ओथमन नाम गरेकी ती किशोरी प्यालेस्टायनी प्राधिकरण सरकारमा एक दिनका स्थानीय प्रशासन मन्त्री बनेकी हुन् ।
फोटो : एपीएफ |
स्थानीय प्रशासन मन्त्री सईद अल कावनीले बशीर ओथमनलाई उनको जन्मदिनको अवसरमा उनलाई मन्त्री बनाईदिएका हुन् ।
तर, एक दिनकै लागि मन्त्री बनेपनि उनले मन्त्रालयमा बसेर राष्ट्रसंघका महासचिव वान की मुनलाई पत्र लेखेकी छिन् ।
पत्रमा उनले प्यालेस्टायनीहरुले भोग्नु परेको समस्याबारे उल्लेख गरेको बताइएको छ ।
ती किशोरीलाई एक दिनका लागि मन्त्री बनाएका मन्त्री कावनीले यस अनुभव प्यालेस्टायनी नौजवानका लागि राम्रो उदाहरण र आदर्श बनेको भन्दै नौजवान अगाडि आएर ठूला जिम्मेवारी निभाउन भन्ने आफूले चाहेको बताएका छन् ।
Comments