भदौ १७ । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज भएको श्रीलंका-माल्दिम्सबीचको खेलमा श्रीलंका १०–० ले पराजित हुन पुगेको छ ।

खेल सुरु भएको ४ मिनेटमै माल्दिभ्सले खाता खोलेको थियो । त्यस्तै, अठारौँ मिनेटमा डिबक्स भित्रै श्रीलंकाका पहिलो रोजाईका गोल किपरले रातो कार्ड पाएपछि श्रीलंकाली खेलाडी १० जनामा सिमित भएका थिए ।
विपक्षी खेलाडीलाई गोलमा नछोईकन अवरोध गरेपछि गोल किपरले रातोकार्ड पाएका थिए भने माल्दिभ्सले पेनाल्टी पाएको थियो ।
सोही बेला माल्दिभ्सले पेनाल्टीमार्फत दोस्रो गोल गर्यो ।

आजको खेलमा माल्दिभसका खेलाडी अलि एक्लैले ६ गोल गरे । आज ६ गोल गरेका अलि साफ च्याम्पियनसिपको एकै खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी समेत बन्न सफल भएका छन् ।

यसअघि, आजको पहिलो खेलमा अफगानिस्तानले भुटानलाई ३–० ले हराएको छ ।

सशस्त्र प्रहरीको हल्चोक मैदानमा भएको खेलमा अफगानिस्तान विजयी भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।