भदौ १७ । ट्रान्सर्फमर खरिद प्रकरणक विषयमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका निर्देशक अर्जुनकुमार चौहानसहित १० जनालाई पनि पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेहरुमा सहनिर्देशकबाट अबकास पाएका शिशिरबम थापा, उपनिर्देशक महेशकुमार कार्की, तत्कालिन महाप्रवन्धक युगलकिशोर साह, प्रवन्धक हरिबहादुर गःसी, सहायक प्रवन्धक निमेशकुमार पोखरेल, इलेक्ट्रिकल इन्जिनियर बिनोदकुमार स्वर्णकार, उपप्रवन्धक मनोज बराल, सहायक इलेक्ट्रिकल इन्जिनियर रामबिजुल मंडल, इन्जिनियर सुरजप्रसाद साह रहेको अख्तियारले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

गुणस्तरहीन ट्रान्सर्फमर खरिद गरि विद्युत प्राधिकरणलाई ४१ करोडभन्दा बढी नाक्सानी पुर्‍याएको पुर्याएको भन्दै अख्तियारले अदालतमा मुद्धा समेत चलाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।