एनआरएन जापानमा पोखरेलको अध्यक्षमा नयाँ नेतृत्व

भदौ । गैरआवासीय नेपाली संघ (एनआरएन) जापानको अध्यक्ष पारसमणि पोखरेल निर्वाचित भएका छन् ।

संघको छैटौं अधिवेशनमा चिरञ्जीवी थापालाई पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन् ।

यस्तै संघमा तीन जना उपाध्यक्षमा सुदन थापा, तुलसीराम खरेल र नरबहादुर थापा विजयी भएका छन् ।

यसैगरी, संघको महासचिवमा मुक्तिराम खनाल, सचिवमा उदयराज कँडेल र कोषाध्यक्षमा तेजप्रसाद अर्याल निर्वाचित भएका छन् भने सदस्यहरुमा दीपकबाबु नेपाल, दीपक थापा, शिवलाल गिरी, दीपक केसी र अर्जुन अधिकारी निर्वाचित भएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।