विश्वमै एक नम्बरको भिडियो च्याट सेवा प्रदान गर्दै आएको कम्पनी स्काइपले १० वर्ष  पार गरेको छ ।

१० वर्ष अघि  इन्टरनेटबाट भिडियो सेवा सुरु गर्दा कोही व्यक्तिलाई विश्वास लागेको थिएन तर भिडियो मार्फत  कुरा गर्न सम्भव छ भनेर  स्काइपले प्रमाणित नै गरिदिएको थियो ।

यसले  छोटो समयमै विश्वभरका मानिसहरुलाई भिडियो च्याट भनेपछि स्काइप नै हो भनेर समेत बुझाउन सफल भयो ।

अहिले संसारको कुनै पनि स्थानबाट इन्टरनेटको सहायताले  सजिलै  भिडियो च्याट  गर्न सकिन्छ ।


लन्डनको  एक दम्पती लु योङ र हमिद सिरहानले पहिलो पटक स्काइप सेवा  प्रयोग गरेका थिए ।
अमेरीकाका बाल चिकित्सक डा. मनिष बत्राले अहिले युगाडाका डाक्टरलाई प्रशिक्षण दिएका हुन्छन । उनी फोन इमेलबाट जानकारी दिनु भन्दा स्काइपको माध्यमबाट सोही ठाउँमा गएको जस्तै गरेर प्रशिक्षण दिएको  महसुज  हुने बताउँछन् ।

सन् २०११ मा  दिग्गज सफ्टवेयर कम्पनीबाट माइक्रोसफ्टले ८.५ अरब डलरमा खरिद गरेको थियो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।