आज  भन्दा ३० बर्ष  अगाडी एक साथ बडिउडमा  चर्चा कमाएका एक जोडी ३० वर्ष पछि पुनः बलिउडमा आउने भएका छन् ।

अमिताभ बच्चन  र रेखा फेरी बलिउडमा देखा पर्ने भएका हुन् ।
उनीहरु पछिल्लो पटक  यश चोपड़ाको   चलचित्र  सिलसिलामा  दखिएका  थिए।

 कुनै बेला रेखा र अमिताभ बिच  प्रेम सम्बन्धको चर्चाले उनीहरु  संगै फिल्म  नखेल्ने  सम्झौता  भएको  थियो  भनेर समेत भन्ने गरिन्थ्यो । तर, विषयवस्तुले कोल्टे फेरेसँगै उक्त विषय पनि ओझेलमा पर्न गयो र अब उनीहरु एकसाथ देखिने भएका छन् ।

अब आउने फिल्म ‘वेलकम’को सिक्वेलमा  वेलकम व्याकमा यो जोडी  देखिने चर्चा यतिबेला बलिउडमा उद्योगमा निक्कै छ ।

फिरोज नाडियडवालाको निर्माण गर्न  लागेको  फिल्म  वेलकम व्याकमा  उनीहरु  फेरी एक पटक देखिने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।