भदौ १५ । जर्मनी क्लब बार्यन म्युनिखले युइएफए सुपर कपको फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।बार्यन म्यूनिखले इंग्लिस क्लव चेल्सीलाई पेनाल्टी सुटआउटको क्रममा  ५–४  पछाडी  पार्दै उपाजि हात पारेको हो  ।

 चेक गणतन्त्रमा गए  राती भएको भएको खेलमा बार्यन यूनिख र चेल्सी  निर्धारित समयमा २-२ को बराबरी रोकिएपछि   खेल  पेनाल्टी सुटआउटमा गएको  थियो । 
चेल्सीका फर्नान्डो टोरेसले  सुरुको आठौं मिनेटमा गोल  गरेर अग्रता दिएका थिए । बार्यनले पहिलो हाफ पछि  ४७ औं मिनेटमा फ्राँङक रिबेरीले  गोल गरी  बराबर  गराए ।
निर्धारीत  समयमा बराबरीपछि थप समयको तिन मिनेटमै चेल्सीका इडेन हर्जार्डले गोल  गरी खेल दुई -एकको स्थितिमा  पुग्यो ।  तर बार्यनका जाभी मार्टिनेजले अन्तिम सयममा  फेरी गोल प्रहार गरी  बाराबरमा ल्याए ।  त्यस पछि सुरु भएको पेनाल्टी सुटआउटको क्रममा ५–४  पछाडी  पार्दै बार्यन म्यूनिखले उपाधी हातपार्न सफल भएको हो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।