भदौ १५ । सरकार आगामी संविधानसभा निर्वाचन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने मनस्थितिमा पुगेको छ ।एकै चरणमा निर्वाचन गर्दा ७७ हजार म्यादी प्रहरी मात्र भर्ना गर्नुपर्ने र त्यसमा घुसपैठ हुन सक्ने भन्दै सरकार चुनावी सुरक्षामा सेनालाई व्यापकतासाथ खटाउने तयारीमा लागेको कान्तिपुरमा खबर छ।
खासगरी नेकपा माओवादी नेतृत्वको मोर्चाले निर्वाचन बहिष्कारको निर्णय गरेपछि सेनालाई सुरक्षाको अगुवाइ गर्न दिने तयारी अघि बढाइएको मन्त्रिपरिषद् स्रोतले बतायो ।
गृह मन्त्रालयले दुई महिनाअघि नै एकीकृत चुनावी सुरक्षा योजना तयार पारे पनि मोहन वैद्य नेतृत्वको माओवादीलगायत निर्वाचन प्रक्रियाप्रति असहमत पक्षसग उच्चस्तरीय राजनीतिक समिति र सरकारसगको वार्ताको परिणाम पर्खेको थियो । निर्वाचन प्रक्रियाप्रति असहमत ठूलो समूह बाहिरै रहने भएपछि सरकार सेना परिचालनको निष्कर्षमा पुगेको छ ।
रक्षा मन्त्रालयको समेत जिम्मेवारी लिएका मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, गृहमन्त्री माधव घिमिरे र
प्रधानसेनापति गौरवशमशेर जबराबीच यसबारे विभिन्न चरणका छलफल भइसकेको सैनिक स्रोतले बतायो
Comments