भदौ १५ । राष्ट्रसंघीय मिसनअन्तर्गत विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिँदै आएको नेपाल प्रहरी अफ्रिकी मुलुक मालिमा पनि जाने तयारी गरेको छ ।
शान्ति स्थापनाका लागि मालीमा खटिन प्रहरीले औपचारिक रुपमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई पत्राचार गरेको छ । 
राष्ट्रसंघले मालीमा ठूलो संख्यामा शान्तिसेना पठाउने तयारी गरेपछि नेपाल प्रहरीले आफूहरु त्यहाँ सेवा गर्न इच्छुक रहेको भन्दै पत्राचार गरेको छ ।
 मालीमा नेपाली सेना खटिने निश्चित भइसकेको छ । आर्मीसँगै सिभिल प्रहरी पनि चाहिने भएकाले प्रहरीले जाने इच्छा देखाएको हो । हाल अमेरिकामा रहेका नेपाल प्रहरी युएन शाखाका प्रमुख एसएसपी देवेन्द्र सुवेदीलाई पनि त्यससम्बन्धी छलफल गर्न प्रहरी प्रधान कार्यालयले जिम्मा दिएको  नयाँ पत्रिकामा खबर छ ।
राष्ट्रसंघमा नेपाल प्रहरीको योगदान जनशक्तिको हिसाबमा छैटौं स्थानमा छ । नेपाल प्रहरी सन् १९९२ देखि विभिन्न देशमा खटिँदै आएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।