भदौ १५ । भोजपुरको पश्चिमी तिम्मा गाविसको सुम्लिखाका किसानहरुले भैंसी पालन व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।

सुम्लिखाबासीले गएको साउन महिनामा मात्र आफूले पालेको भैसी विक्री गरेर १० लाख भन्दा बढि आम्दानी गर्न सफल भएका हुन् । सुम्लिखाका करिव ६० घर परिवार व्यवसायिक रुपमै भैंसीपालनमा लागेका छन् ।

 सुम्लिखाका पशुपालक किसान छत्रबहादुर राउतले साउन महिनामा ७७ हजारमा एक माउ भैंसी बिक्री गरेर अहिलेसम्मकै उच्च मूल्य हात पारेको बताए ।
परम्परागत रुपमा पशुपालनमा लागेका सुम्लिखाका किसानहरुसंग अझै पनि १५ लाख भन्दा बढिको भैंसी  विक्री गर्ने अवस्था रहेको अर्का किसान संगम राईले बताए ।
किसानहरुले पालेको भैंसी छिमेकी वोया, साङ्गपाङ्ग, किमालुङ्ग, खार्तम्छा, शिद्धेश्वर, गुप्तेश्वर लगायतका गाविसमा मासुको लागि खरिद गरेर लैजाने गरिएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।