भदौ १४ । नेपाली काङ्ग्रेस सभापति सुशील कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यहादुर थापाबीच प्रजातान्त्रिक शक्ति एक भएर चुनाव लड्ने बारेमा छलफल भएको छ ।

कोइराला निवास महाराजगञ्जमा आज भएको भेटमा थापाले मङ्सिर ४ को चुनावमा प्रजातान्त्रिक बिचार बोकेका पार्टीबीच एकता गरेर जानुपर्ने प्रस्ताव थापाले राखेका थिए ।

जवाफमा कोइरालाले लोकतान्त्रिक शक्तिसँग तालमेल गर्न काङ्ग्रेस तयार रहेको बतनएको राप्रपा केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिए ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था, असन्तुष्ट मोर्चाहरुको माग र सहमतिको प्रयासको बारेमा समेत भेटमा कुराकानी भएको बुझिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।