भदौ १४ ।  काठमाण्डौंको जमलमा  रहेको ज्योति भवनमा आगलागी भएको छ ।

नेपाल बैकको शाखाबाट आगो लागेको  प्रहरीले बताएको छ ।

आगो नियन्त्रणका लागि जुद्ध वारुण यन्त्रका ३, ललितपुर उपमहानगरको १,  प्रहरीको १ भुक्तपुर नगरको १, र सेनाको १ दमकमलेको मद्दतले  आगो नियनत्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीका करण  नेपाल बैकको शाखा कार्यलय र सोही भवनमा रहेको ग्राण्डी सिटी क्लिनिक पनि क्षतिग्रस्त भएको छ ।

यसैगरी,  ज्योति  भबनकै  पहिलो तलामा रहेको हिरो मोटरसाइकलको सोरुममा सामान्य  भएको  छ  भने   मोटरसाइकलमा कुनै क्षति  नभएको  बताइएको छ ।  आगलागीबाट पुगेको क्षतिको विवरण खुलेको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।