
त्यसैले परिक्षामा सत् प्रतिशत नतिजाको लागि कलेज र विद्यार्थी मेहनतका साथ लागि रहेका हुन्छन ।
जसले गर्दा कलेजको छबि उच्च बनाएको पाईन्छ र अफ्रीकाको एक प्रतिष्ठित पुरानो कलेज लाइबेरिया विश्वविद्यालयमा भर्ना भएका २५ हजार बिद्यार्थी मध्ये सबै फेल भएका छन्।
सन् १८६२ मा स्थापना भएको उक्त बिश्वविद्यालय अफ्रीकाको सबै भन्दा प्रतिष्ठित र पुरानो विश्व विद्यालय हो । कलेजका अनुसार सबै बिद्यार्थी अंग्रेजीमा बुझाईको कमिका कारण उनीहरु सबै फेल भएको बताएको छ । यसै गरी १९९० मा अफ्रिकामा भएको गृहयुद्ध देखी नै यहाँको शिक्षाको गुणस्तरमा कमि आएको शिक्षबिदले बताएका छन् ।
कलेजले शिक्षामा सुधारको लागि बेला बेलामा टेस्ट परिक्षा लिए पनी उक्त कलेजका भर्ना भएका २५ हजार बिद्यार्थी मध्ये सबै फेल भइरहेको कलेजले बताएको छ । -एजेन्सी