अब कार चलाउन ड्राइभरको आवश्यकता नपर्ने भएको छ किनकी अहिले गुगलले यस्तो कार बनायो जसका लागि ड्राइभरको आवश्यकता नै नपर्ने भएको हो ।

गुगलका अनुसार उक्त कारले मान्छेले चाहेअनुसार ल्याउने लैजाने पनि गर्ने बताएको छ ।

यसले विश्वमा अहिले भएको परिवहन व्यवस्थालाई बदल्न सक्ने दाबी गुगल अधिकारीले गरेका छन् । जुलाई महिनासम्म गुगल सेल्फ ड्राइभिङ कार २ हजार ५ सय यस्ता कार गुगलले बिक्री गरेको बताएको छ ।

यो कार प्रयोगले सडक दुर्घटनामा पनि कमी आउने र धेरै मानिसहरुलाई व्यक्तिगत कारको आवश्यकता नपर्ने बताइएको छ । यसको अर्को महत्वपुर्ण कार्य भनेको वातावरण प्रदुषण हुनबाट बचाउने बताइएको छ ।

यो कार एक पटक चार्ज गरेपछि ७५० माइलसम्म गुड्छ अथवा ४८ घन्टासम्म स्ट्यान्ड बाइ रहने गुगलले जनाएको छ ।

यो कारले अमेरिकाको क्यालिफोर्निया, फ्लोरिडा र नेभदामा यो कारले गुड्ने अनुमति पाइसकेको गुगल अधिकारीले बताएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।