बलिउडका सफल नायक नायिका रणबीर कपुर र  कट्रीना कैफको माया प्रिती अब छिट्टै नै विवाहमा  परिणत हुने भएको छ । 
उनीहरु बिचमा रहेको मायालाई  अझ नजिक बनाउनेका लागि उनीहरुले यस्तो निर्णय गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
रणबीर र कट्रीनाले  रोमान्सको खबर  बेला बेलामा मिडियामा आएपछि  उनीहरुले  छिट्टै नै  विवाह गर्ने मुड बनाएको बताइएको छ ।  
 समाचार अनुसार कहिले विवाह गर्ने भन्ने केही खुलाइएको छैन तर उनीहरुले यो लव अफेयर अब धेरै दिन नराखि बिहे नै गर्ने उनीहरुको सोच रहेको  उनी निकत  स्रोतले  बताइएको छ । 
कट्रीना कैफ  र  रणबीर कपुरको  स्पेन  भ्रमणको  बेलाको रोमान्सको फोटो  लिक  भएपछि यसलाई  सही रुप  दिनका  लागि  उनीहरु बिवाह  बन्धनमा नै  गाँसिनेमा पुगेका हुन् ।
फोटो सार्वजनिक भएपछि  रणबिरका  बुवा ऋषि कपुर  र आमा यस विषयमा  गम्भिर  भएको बताइएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।