भदौ १४   (रासस) ।  इलामको सोयाङमा एक बालकले झुन्डिएर आत्महत्या गरेका छन् । 
सोयाङ २ सिरिसेमा रहेको इभरग्रिन बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत सोयाङ १ का १० वर्षका प्रज्वल राईले बिहीबार स्कुलबाट घर फर्केर टाईको पासो लगाई आत्महत्या गरेका हुन् ।
 उनले किन र के कारणले आत्महत्या गरे भन्ने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीनायब निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ ।
टाईको पासो लगाएर बेलुका साढे ५ बजे झुन्डिरहेको अवस्थामा आफन्तले भेटे पनि उनलाई बचाउन सकेनन् । सो अवस्थामा उनको ढुकढुकी चलिरहेको भए पनि बचाउन नसकिएको बुबा डम्बरबहादुर राईले बताए । इलाममा एक सातामा चारजनाले झुन्डिएर आत्महत्या गरेका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।