भदौ १३ । नेपाली सेनाको नयाँ प्रवक्ता सहायक रथी जगदीशचन्द्र पोखरेल भएका छन् ।

सेनाले सैनिक जनसम्पर्क निर्देशनालयको निर्देशक तथा प्रवक्ताको जिम्मेवारी सहायक रथी पोखरेललाई सुम्पेको हो ।

निर्देशनालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा आजैदेखि पोखरेलले जिम्मेवारी सम्हाल्ने उल्लेख गरिएको छ ।

यस अघि सैनिक प्रवक्ता शुरेरराज शर्मा थिए । तर उनको सरुवा भएपछि पोखरेल आएका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।