भदौ १३ । छात्राहरुमाथि विभिन्न तरिकाले यौन दुर्व्यवहार गर्ने शिक्षकलाई अभिभावकहरुले नै समातेर प्रहरी समक्ष बुझाईदिएका छन् ।

रौतहटस्थित गौर–८ मा अवस्थित निजी विद्यालय ‘इन्टरनेशनल बाल एकेडेमी’का शिक्षक कामेश्वर शाहलाई अभिभावकले नै पक्राउ गरेर प्रहरी समक्ष बुझाएका हुन् ।

शिक्षक शाहमाथि कक्षा ४/५ मा पढ्ने छात्राहरुले संवेदनशील अंग अठ्याउने, शरीर चलाईदिने तथा चुम्बनसमेत गर्ने गरेको आरोप लगाएका छन् ।

३/४ जना छात्राहरुले अभिभावकहरु समक्ष यस्तो गुनासो गरेपछि आज शाहलाई अभिभावकहरुले समातेर प्रहरीमा बुझाएका हुन् ।

प्रहरीले घटनाको अनुसन्धान भईरहेको र दोषीलाई हदैसम्मको कारबाही हुने जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।