भदौ १३ । विभिन्न देशका २० लाख भन्दा बढी कामदार अवैध रुपमा रहेका मलेसियामा त्यहाँको सरकारले अवैध विदेशीलाई पक्राउ सुरु गर्ने भएको छ ।

मलेसिया सरकारले अवैधानिक रूपमा बसिरहेका विदेशी कामदारलाई आइतबारदेखि पक्राउ गर्ने घोषणा गरेको हो ।

यसबाट करिब ७ लाख नेपाली कामदार रहेको मलेसीयामा ६५ हजारभन्दा बढी प्रभावित हुने भएका छन् ।

गतवर्ष आममाफी दिँदा पनि स्वदेश नफर्कनेहरूलाई लक्ष्य गरेर मलेसियाले यस्तो घोषणा गरेको आजको नागरिक दैनिकले खबर छापेको छ ।

भूल सुधारः  यसअघि माथि २० लाख भन्दा बढी कामदार अवैध भएको स्थानमा ‘विभिन्न देशका’ हुनुपर्नेमा छुट्न गएकाले सच्याईएको छ ।  – सम्पादक

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।