भदौ १३ । एक नेपाली वैज्ञानिकले उपग्रहबाटै पृथ्वीको प्रदूषण मात्रा नाप्ने विधि पत्ता लगाएका छन् ।
अमेरिकास्थित नासा (नेसनल एरोनोटिकल एन्ड स्पेस एडमिनिस्ट्रेसन) मा वैज्ञानिकका रुपमा कार्यरत नेपाली नागरिक डा. लोकनाथ लम्सालले पहिलोपटक ‘उपग्रहको माध्यमले पृथ्वीको सतहमा भएको प्रदूषण नाइट्रोजन डायअक्साइड (एनओटू) को मात्रा नाप्ने विधि’ पत्ता लगाएका हुन् ।
यो विधि प्रयोग गरेर विश्वमा पहिलोपल्ट उनले बढी वायु प्रदूषण हुने क्षेत्रहरु अमेरिकाको न्युर्योक, युरोपको लन्डन, चीनको बेइजिङ र भारतको मुम्बईको ‘जनसंख्यामा वायु प्रदूषणप्रतिको निर्भरता’ नापेका छन् ।
कसरी एउटा सहरको प्रदूषण त्यहाँको जनसंख्यामा भर पर्छ भन्ने विश्वमा आजसम्म ननापिएको आजको कान्तिपुर दैनिकले खबर छापेको छ ।
Comments