भदौ १२ । आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यारामाथि कारबाहीको माग गर्दै लामो समयदेखि आमरण अनसनमा रहेका आमा गङ्गामाया अधिकारी र बाबु नन्दप्रसाद अधिकारीको स्वास्थ्यस्थिति गम्भीर बनेको छ ।

छोराको हत्याराको माग गर्दै आमरण असनमा बसेका उनीहरु हस्पिटलको आईसियुमा पुगेका हुन् ।

अधिकारी दम्पतिको स्वास्थ्यस्थिति नाजुक बन्दै गएपछि उनीहरुलाई एक हप्तादेखि आइसियुमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।

अधिकारी दम्पतिको स्वास्थ्यस्थितिबारे बुझ्नका लागि आजै नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा-एमालेका अध्यक्ष झलनाथ खनाल वीर हस्पिटल पुगेका छन् ।

आईसियुमा कोइराला खनालले अधिकारी दम्पतीलाई भेटेर अनशन तोड्नका लागि आग्रह गरेका छन् ।

न्याय दिलाउन आफूहरुले विशेष पहल गर्ने भन्दै अनसन तोड्न उनीहरुले अधिकारी दम्पत्तीलाई सुझाव दिएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।