भदौ ११ । सेयर मूल्यमा एभरेष्ट, चार्टड र नबिल बैंक १८ सयको एउटै लाइनमा पुगेका छन् । एभरेष्ट बैंकको सेयर मूल्य मंगलवार नविलको हाराहारीमा र स्ट्याण्डर्ड चार्टड बैंकभन्दा माथि पुग्न सफल भएको छ ।
केही महिनादेखि बढिरहेको एभरेष्टको सेयर मंगलवार प्रतिकित्ता २३ रुपैयाँ बढेर १८४१ मा बन्द भएको छ । यस्तै नबिलको २ रुपैयाँ बढेर १८५३ मा छ भने सिद्धार्थको १० रुपैयाँ बढेर १८३५ मा रहेको छ ।
साताको दुई दिन रातो लागेको नेम्सेमा मंगलवार भने सुधार भएको छ । मंगलबार नेप्से ५.५ अंकले बढेर सूचक ५५२ अंक रहँदा बजार बन्द रह्यो ।
मंगलबार जलविद्युत समूहको सूचक २५.७८ अंकले बढ्यो भने टेलिकमको कारोवार हुने अन्य समूह ११.७५, इन्सुरेन्स ७.१२, होटल समूह १०.१४, बैंक ४.२८, विकास बैंक १.७ र फाइनान्स समूहको सूचक ०.५७ अंकले माथि चढेको छ ।
Comments