भदौ । भारतमा बलात्कार घटना बढीरहँदा यो राजनीतिक दल, प्रहरी प्रशासन, महिला अधिकारकर्मी लगायत धेरैको टाउको दुखाईको विषय बन्दै गएको छ ।

यतिसम्म त ठिकै थियो बलिउड मोडल पुनम पाण्डेको समेत यसै विषयले टाउको दुखेको छ ।

पुनमको समेत नाम जोडेर इन्टरनेटमा सार्वजनिक गर्ने उत्तेजक तस्बिरले पनि बलात्कार बढेको आरोप सामाजिक संजालमार्फत लागेपछि पुनमले आफूलाई बलात्कारको आरोपमा नमुछ्न आग्रह गरेकी छिन् ।

पुनमले आफूले केही गल्ति नगरको र यो विषयमा आफूलाई नमुछ्न भनेकी छिन् । कानुन र प्रशासन कमजोर भएपछि आफूहरु माथि आरोप आएको पुनमको भनाई छ ।

सस्तो तर्क दिएर बलिउडमा संघर्ष गरेर एउटा स्थान खोजिरहेको कलाकारलाई यस्तो आरोप नलगाउन समेत उनले आग्रह गरेकी छिन् ।

अर्को एक प्रसंगमा उनले महिलाले लगाउने पहिरन बलात्कारका लागि दोषि नभएको पनि बताएकी छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।